Logo

यी हुन् राप्रपाका मनोनित पदाधिकारी (नामावलीसहित)



काठमाडौं, १६ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पदाधिकारी मनोनयन गरेका छन् । उनले आज २ उपाध्यक्ष, २ महामन्त्री, ७ सहमहामन्त्री, ४ प्रवक्ता, ६ सहायक महामन्त्री र ३ सहायक प्रवक्ता मनोनयन गरेका हुन् ।

मनोनित भएकामा धैरैजसो राप्रपाका पूर्व अध्यक्षहरु पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी निकट छन् । केही राप्रपाका पूर्व अध्यक्ष कमल थापासँग विगतमा निकट भएकाहरु छन् ।

उपाध्यक्षमा हेमजंग गुरुग र मुकुन्दश्याम गिरी, महामन्त्रीमा राजेन्द्र गुरुङ र प्रहलाद प्रसाद साह मनोनयनमा परेका छन् ।



प्रतिक्रिया दिनुहोस्