Logo

प्रेमिका कुटपिटको आरोपमा मुछिएका ग्रीनवुड निलम्बित



 एजेन्सी । इङ्लिस युवा फरवार्ड मेसन ग्रीनवुडलाई म्यानचेस्टर युनाइटेडले निलम्बन गरेको छ । आइतबार आफ्नी प्रेमिका हेरिएट रोब्सनलाई कुटपिट र बलात्कार गरेको आरोपमा मुछिएपछि ग्रीनवुडलाई युनाइटेडले निलम्बन गरेको हो ।

आइतबार ग्रीनवुडले कुटपिट र बलात्कार गरेको भन्दै रोब्सनले सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गरेकी थिइन् । त्यसपछि ग्रेटर म्यानचेस्टर पुलिसले ग्रीनवुडलाई सोधपुछको लागि पक्राउ गरेको छ । “युवा फरवार्डलाई हामीले सम्भावित बलात्कार र कुटपिटको आरोमा पक्राउ गरेका छौ । हामीले आफ्नो अनुसन्धान शुरु गरिसकेका छौ ।

सोधपुछको लागि ग्रीनवुड केही समय प्रहरीको हिरासतमा रहनेछन् ।”, जीएमपीले विज्ञप्तिमा भन्यो । आरोपमा मुछिएपछि २० वर्षीय फरवार्डलाई युनाइटेडले अर्को सुचना जारि नभएसम्म टोलीको प्रशिक्षणमा उपस्थित हुनबाट निलम्बन गरेको छ । यसअघि युनाइटेडले विज्ञप्ति जारि गर्दै सामाजिक सञ्जालमा सार्वजनिक भएको तस्वीरको बारेमा आफुहरु सचेत रहेको जनाउँदै कुनै प्रकारको हिंसालाई माफ नगर्ने बताएको थियो ।

ग्रीनवुडले युनाइटेडसँग अक्टोबर २०१८ मा सम्झौता गरेका थिए । त्यसपछि गत वर्ष ४ वर्षको नयाँ सम्झौताको लागि राजी भएका ग्रीनवुडले टोलीको महत्त्वपूर्ण सदस्यको रुपमा आफुलाई स्थापित गरिरहेका थिए । ग्रीनवुडले हालसम्म आरोपको बारेका केही बोलेका छैनन् ।



प्रतिक्रिया दिनुहोस्