Logo

गठबन्धन टुट्ने खतराः बाबुराम भट्टराई



काठमाडौं, १७ माघ । जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले अमेरिकी सहयोगसम्बन्धी एमसीसी आलटाल नगरी सर्वसम्मतिले पारित गर्न आग्रह गरेका छन् । उनले यही बहानामा गठबन्धन टुट्ने खतरा पनि औल्याएका छन् ।

एमसीसीको विरोधमा देखिएक कम्युनिस्ट शक्तिको समेत आलोचना गर्दै बाबुरामले लेखेका छन्, यो प्रकरण नेपालको रुढीवादी कम्युनिष्ट का लागि घाँटीको हाड नबनोस् । उनले देश थप कँगाल बन्ने गतिविधिहरुतर्फ सतर्क हुनुपर्ने टिप्पणी गरे ।

शक्तिकेन्द्रहरुको चलखेलबाट देश बर्बाद हुने खतरा पनि औल्याए ।

एमसीसीबारे सत्ता गठबन्धनभित्र निर्णायक अवस्था आइरहँदा भट्टराईको भनाई सार्वजनिक भएको हो ।

बाबुराम भट्टराईले ट्वीटरमा लेखेका छन्ः MCCसम्झौतालाई आळटाल नगरी सर्वसम्मतिले संसदबाट पारित गरौं! सबै एकमुख भएर जनतालाई बुझाऊॅ! यही वहानामा प्रतिगमनविरोधी गठबन्धन नटुटोस्। यो प्रकरण नेपालका रूढिवादी ‘कम्युनिष्ट’कालागि घाॅटीको हाड नबनोस्! देश थप कंगाल बनेर जनसॅख्या अरू नघटोस्! शक्तिकेन्द्रहरूको चलखेलबाट देश बरबाद नहोस्!



प्रतिक्रिया दिनुहोस्

Screenshot