Logo

पेट्रोल पम्पमा चरम लापरवाही, अनुगमन फितलो



काठमाडौं, माघ १७ । राजधानीमा धेरै पेट्रोल पम्पहरु सञ्चालित छन् । चोकैच्छिे पेट्रोल पम्पहरु भेटिन्छन् । अन्य जिल्लामा भन्दा धेरै सवारीसाधन उपत्यकामा नै चल्ने भएकाले घरैपिच्छे पेट्रोल पम्प बनाइएको छ । केही सातायता नेपालमा कोरोनाले विकराल रुप लिइरहेको छ तर पेट्रोल पम्पहरुमा लापरबाही देखाइरहेको पाइन्छ ।

आफ्नो सवारीमा इन्धन भर्न आउनेदेखि लिएर भर्नेले समेत स्वास्थ्य मापदण्डको पालना गरेको पाइँदैन । पेट्रोल, डिजेल भर्नेले पनि मुखमा मास्क लगाएका छैनन् । यता, सवारीधनीले मास्क लगाएको कमै मात्र भेटिन्छन् ।

अधिकांश पेट्रोल पम्पका कर्मचारीलाई कोरोनाका लक्षणहरु देखिएका छन् । तर पीसीआर परीक्षण नगरी काममा संलग्न भई उनीहरुले कोरोना फैलाइरहेका छन् । जसको जोखिममा सवारी चालकहरु परेका छन् । उनीहरु सीधैं गाडीबाट ओर्लिन्छन्, इन्धन भर्छन् तर मुखमा मास्क लगाउन बिर्सिन्छन् ।

राजधानीमा सञ्चालित पेट्रोल पम्पहरु पनि कोरोना उत्पादन गर्ने कलकारखाना बन्दै छन् । नेपाल सरकारले कोरोनाविरुद्ध स्वास्थ्य मापदण्ड अवलम्बन नगर्नेलाई, मास्क नलगाउनेलाई जरिवाना र कैद सजाय दिने भनेको छ । तर, मास्क नलगाईकन हिँड्ने पनि उत्तिकै छन् । फितलो अनुगमनको कारण सरकारले बनाएको मध्ये एउटा पनि आदेश कार्यान्वयनमा आएको छैन ।

निर्णय गर्ने अनि थन्क्याउने प्रवृत्तिको नतिजा दैनिक सार्वजनिक हुने कोरोना विवरणले बताइरहेको छ । घरघरमा कोरोनाको लक्षण देखिएको छ तर कोरोना परीक्षण शुल्क बढी भएकाले कोही पीसीआर गर्न जाँदैनन् । कोरोना बताउँदै सरकारले व्यापार गर्ने थलो बनाएको छ, जसको उपभोक्ता हामी जनता बनेको छौं ।

कोरोना परीक्षण गर्ने शुल्क नभएर आर्थिक कमजोर भएका, बेरोजगारीहरु कोरोना पालेर बसिरहेका छन् । सरकारले कोरोनाको शुल्क घटाए पनि नेपालमा यस्ता परिवार छन् जसलाई दुई छाक खान पनि धौ–धौ छ । पैसाकै अभावमा कोरोनाको लक्षण देखिए पनि उनीहरु घरमै थलिएर बसेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot