Logo

एनआईसी एशियाद्धारा विद्यार्थी सम्मानित



काठमाडौं, १७ माघ । माध्यमिक शिक्षा परिक्षा एसईईमा उत्कृष्ट गर्ने संस्थामा आबद्ध आफ्ना सेवाग्राही सदस्यका छोराछोरीलाई एनआईसी एशिया लघुवित्तले देशव्यापी रुपमै पुरस्कृत गरेको छ ।

संस्थाले २०७७ सालको माध्यमिक शिक्षा परिक्षामा सहभागी भई उत्तिर्ण गरेका सदस्यका छोराछोरीको देशव्यापी विवरण संकलन गरेर न्यून्तम ३ जीपिए वा सो भन्दा बढी ल्याउने सेवाग्राही सदस्यका छोराछोरीलाई पुरस्कृत गरेको हो ।

संस्थाले पुरस्कार वितरणका लागि आन्तरिक मापदण्ड बनाई २ सय ८५ वटै शाखा कार्यालयहरुबाट विवरण संकलन गरेको थियो । त्यसको आधारमा शाखागत रुपमा बढि जीपीए ल्याई प्रथम, द्धितीय र तृतीय हुनेलाई र संकलित विवरणकै अधारमा देशव्यापी रुपमा पुनः प्रथम, द्धितीय र तृतीय हुनेलाई थप पुरस्कार रकम वितरण गरेको जनाएको छ ।

त्यस्तै, संस्थाले डडेल्धुराकै शाखा कार्यालयहरु भद्रपुरज्यामेरु, बैतडीको पाटन र मारोङ्गको इटहरामा पनि शाखागत उत्कृष्ट ल्याउने विधार्थीहरुलाई पुरस्कार वितरण गरेको छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot