Logo

‘तिमीलाई मेरो आफ्नो बन्न’ म्युजिक भिडियो सार्वजनिक



काठमाडौँ, १७ माघ: मोडल जिशु कोइरालाले नयाँ म्युजिक भिडियो सार्वजनिक गरेको छ ।

‘तिमीलाई मेरो आफ्नो बन्न’ बोलको यस गीतमा गायक सूर्य काश्यपको स्वर सुन्न सकिन्छ । सुजन कँडेलको शब्द रहेको यस गीतमा रामकुमार रिमालको सङ्गीत रहेको छ । नारायण दङ्गालले यस गीतलाई सङ्गीत संयोजन गरेका हुन् । प्रेमिल शैलीको गीतमा नायक पुष्प खड्का र मोडल कोइरालाले अभिनय गरेका छन् ।

श्रेष्ठ प्रोडक्सनले निर्माण गरेको भिडियोमा अनिल के मानन्धरको छायाङ्कन रहेको छ । मिलन विश्वकर्माले सम्पादन गरेको भिडियो मौसम हिमालीको निर्देशनमा तयार पारिएको हो । भिडियो कोइरालाको अफिसिएल च्यानलमार्फत सार्वजनिक गरिएको जनाइएको छ ।-रासस



प्रतिक्रिया दिनुहोस्