Logo

जनादेश र गठबन्धनको सहमतिविपरित एमसीसी अनुमोदन गर्ने अधिकार सरकारलाई छ र ?



काठमाडौं, १७ माघ । नेकपा (एमाले) का पूर्व उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री डा. भीमबहादुर रावलले संविधान र लोकतन्त्रको रक्षाको निम्ति शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार गठन भएकोले निर्वाचन गराउनु सरकारको दायित्व भएको सम्झाएका छन् । आज (सोमबार) रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमार्फत प्रधानमन्त्री, सभामुख, राष्टियसभाका अध्यक्ष, दलका नेता तथा सांसदहरुको नाममा खुल्ला स्मृति पत्र सार्वजनिक गर्दै रावलले यस्तो बताएका हुन् ।

रावलले जारी गरेको १२ पृष्ठ लामो स्मृति पत्रको पृष्ठ नम्बर ९ मा एक हरफमा भनिएको छ-“तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा संविधानविपरित दुई दुई पटक प्रतिनिधिसभा विघटन र संवैधानिक परिषद्सम्बन्धी ऐन स्वेच्छाचारी किसिमले अध्यादेशबाट संशोधन गरी संविधान र लोकतन्त्रमाथि नै प्रहार भएकोले त्यसलाई रोकी संविधान र लोकतन्त्रको रक्षाको लागि वर्तमान सरकार गठन भएको हो । यस दायित्वलाई आत्मसात् गर्दै निर्वाचन गराउनु सरकारको जिम्मेवारी हो । यसबाहेक एमसीसीसँगको सम्झौता अनुमोदन गर्ने जनादेश र गठबन्धन सरकारको साझा सहमति सरकारलाई प्राप्त छैन् । यसरी जनादेश र गठबन्धनको सहमतिको कार्यक्रमविपरित एमसीसी सम्झौता अनुमोदन गर्ने अधिकार सरकारलाई छ र ? जबरजस्ती गर्नु अनुचित र अनैतिक कार्य हुन्छ ।”



प्रतिक्रिया दिनुहोस्