Logo

कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु



काठमाडौं, १७ माघ । कोरोना भाइरसको संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टाभित्र ८ जनाको मृत्यु भएको हो ।

आज थप ५२९२ जनाको कोरोना संक्रमण पुष्टि भएको छ । ८१९१ जना संक्रमण मुक्त भएका छन् । पछिल्ला दिनहरुमा संक्रमण भए नभएको टेष्ट गर्नेको संख्या घट्न थालेको छ । यसले पनि संक्रमितको वास्तविक तथ्यांक आउन नसकेको बुझिएको छ ।



प्रतिक्रिया दिनुहोस्