Logo

एमाले–कांग्रेस गठबन्धन हुन लागेको हो ? यसो भन्छन् शंकर पोखरेल



काठमाडौं, १८ माघ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले प्रतिनिधिसभाको अवरोधको विषयमा आफूहरुले अघि सारेकोमा माग सम्बाधन नभएसम्म अन्य एजेण्डामा सहभागी नहुने बताएका छन् । पछिल्लो समय एमालेले संसद् अवरुद्ध गरिरहेको छ । यही सन्दर्भमा महासचिव पोखरेलको यस्तो भनाई आएको हो ।

पछिल्लो समय प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच एमसीसी पारित गराउन भद्र सहमति भएको भन्ने समाचार बाहिर आएको बेलामा पोखरेलले पार्टीको तर्फबाट यस्तो धारणा सार्वजनिक गरेका छन् । हिजो राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रधानमन्त्री देउवा र पार्टी अध्यक्ष ओलीबीच गत आईतबार टेलिफोन वार्ता भएको पनि सुनाएका थिए । उक्त फोनवार्तामा गम्भीर कुरा भएको उनको भनाई थियो ।

 



प्रतिक्रिया दिनुहोस्