Logo

फ्रेन्च कप फुटबलः अन्तिम १६ बाट बाहिरियो पीएसजी



काठमाडौं, १८ माघ । फ्रेन्च कप फुटबलमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) अन्तिम १६ बाट बाहिरिएको छ ।

सोमबार राति भएको खेलमा निससँग पेनाल्टी सुटआउटमा ६–५ गोल अन्तरले पराजित हुँदै पीएसजी बाहिरिएको हो ।

पीएसजीको घरेलु मैदानमा भएको खेल गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।

पेनाल्टीमा पीएसजीका लियोनल मेस्सी, केलियन एमबाप्पे, जुलियन डाज्लर, मार्को भेराट्टी र जुवान बेर्नाटले गोल गरे । तर, लिंड्रो पारेडेस र जाभी सिमोन्सले गोल गर्नबाट चुकेका थिएनन् ।
निसका मोर्गन, जिन क्लेयर,युसेफ अटल,एमिनी गोउइरी, इभान्स र डान्टेले गोल गरे । तर, एन्डी डेलोर्टले गोल गर्न सकेनन् ।



प्रतिक्रिया दिनुहोस्