काठमाडौँ, १८ माघ।सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्षसहित १४ जनालाई प्रहरीले पक्राउ गरेको छ । संघीय वन नियमावलीको मस्यौदा खारेज गर्न माग गर्दै वन परिसर बबरमहलमा प्रदर्शन गरेकाहरुलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले पक्राउ गरेको हो ।
सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल (फेकोफन)ले आज नियमावलीको मस्यौदा सामुदायिक वन अधिकार विरोधी रहेको भन्दै प्रदर्शन गरेको थियो ।
पक्राउ परेकाहरुमा अध्यक्ष भारती पाठक, महासचिव बिर्ख बहादुर शाही, सचिव ठाकुर भण्डारी, कोषाध्यक्ष पार्वता गौतम, सचिवालय सदस्य डोलकुमारी सापकोटा, ललितपुर जिल्ला अध्यक्ष प्रेम घिमिरे, उपाध्यक्ष केशवराज गिरी, सिन्धुपाल्चोकका सचिव दयालक्ष्मी श्रेष्ठ, ललितपुरका सहदेव न्यौपाने लगायत रहेका छन् ।-Photo Source: Drishti




प्रतिक्रिया