Logo

एमालेको भातृ संगठन देशव्यापी प्रदर्शनमा उत्रियो, सभामुख र मन्त्रीहरु निशानामा



काठमाडौं, १८ माघ । नेकपा (एमाले) को भातृ संठनहरु चुनावको मिति घोषणा माग गर्दै देशव्यापी रुपमा आन्दोलनमा उत्रिने तयारीमा छन् ।

सरकारले स्थानीय तहको निर्वाचन टार्न खोजेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनावको लागि सरकारमाथि दबाब सिर्जना गर्न आन्दोलन गर्न निर्देशन दिएसँगै राष्ट्रिय युवा संघ, अनेरास्ववियु सडकमा उत्रिएका छन् ।

आजमात्रै अनेरास्ववियुले पुल्चोकस्थित् मन्त्री क्वार्टरअघि प्रदर्शन गरेको थियो । उनीहरुले मन्त्रीहरुको गाडीलाई कालो झण्डा देखाएका थिए ।

उता, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटालाई पनि उनीहरुले कालो झन्डा देखाएका छन् ।

अनेरास्ववियुले काभ्रेमा सभामुख सापकोटालाई कालोझन्डा देखाएका हुन्। सरकारले निर्वाचन नगर्ने मनशाय राखेको एमालेको आरोप छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot