Logo

उइगर ‘नरसंहार’ ले ओलम्पिकमा चीनलाई असर



एजेन्सी, १८ माघ । चीनले विगत लामो समयदेखि दक्षिणी प्रान्त सिन्जियाङमा रहेका उइगरहरुमाथि नरसंहार गरेको भन्दै आलोचना भइरहेको छ। मानवअधिकारको चरम उल्लंघन गरेको भन्दै चीनको बेइजिङ ओलम्पिक बहिष्कार गर्ने देशहरु पनि देखिएका छन्। तर, केही मुलुकहरुले भने चीनको नरसंहारलाई आँखा चिम्लिएका छन् ।
उइगर र अन्य मानव अधिकार कार्यकर्ताहरूले चीनले आयोजना गरेको बेइजिङ शीतकालीन ओलम्पिक २०२२ ले एसियाली देशमा मुस्लिम जातीय अल्पसंख्यकहरूको अधिकार उल्लङ्घनलाई स्पष्ट रूपमा अनुमोदन गर्ने बताएका छन्।

एएनआईका अनुसार, एक वेबिनारको क्रममा विश्व उइघुर कांग्रेस कार्यकारी समितिका उपाध्यक्ष इल्शात हसन कोकबोरले सुरुवातदेखि, चिनियाँ कम्युनिष्ट पार्टी (सीसीपी) ले उइगरहरूलाई उनीहरूको जातीय पहिचानको कारणले आतंकवादी भनेर सहज रूपमा ट्याग गरेको बताएका छन्। उनले चीनले उइगर, तिब्बती र अन्य उत्पीडित जनसंख्याको नरसंहारको दागलाई मेटाउने प्रयासको रुपमा बेइजिङ ओलम्पिकलाई लिएका छन्।

स्वतन्त्र विदेश नीति थिंक ट्याङ्क रेड ल्यान्टर्न एनालिटिकाले २७ जनवरीमा ‘सीसीपीको उइघुर नरसंहार र बेइजिङ ओलम्पिकको कूटनीतिक बहिष्कार’ शीर्षकको वेबिनार आयोजना गरेको थियो।

रेड ल्यान्टर्न एनालिटिकाले उइघुर अधिकारका विज्ञहरू, चिनियाँ आन्तरिक सुरक्षा र नागरिक अधिकारकर्मीहरू सम्मिलित प्यानल छलफलमा विश्व उइघुर कांग्रेस कार्यकारिणी समितिका उपाध्यक्ष समेत रहेका कोकबोरले चिनियाँहरूले सिन्जियाङ कब्जा गरेदेखि नै उइगरहरूलाई चीन प्रायोजित ‘नरसंहार’ भइरहेको बताएका हुन्।

सन् २००० को सुरुदेखि अमेरिकामा भएको आतंकवादी घटनापछि चिनियाँ कम्युनिष्ट पार्टीले उइघुरहरूलाई उनीहरूको मुस्लिम पहिचानका कारण सहज रूपमा आतंकवादी भनेर लेबल लगाएको छ। चिनियाँ अधिकारीहरूले उइगर शिक्षाविद्हरूलाई कैद गरेका छन् र कुनै पनि आलोचनालाई दबाएको बताइएको छ।

कोकबोरका अनुसार चीनको अवैध कब्जामा रहेका क्षेत्रका बासिन्दाले मात्रै होइन, छिमेकी दक्षिण एसियाली मुलुकका बासिन्दालाई पनि धम्की र दुर्व्यवहारको सामना गर्नु परेको छ। उनले अन्तर्राष्ट्रिय ओलम्पिक समिति ९आईओसी० लाई आक्रमण गर्दै समितिले १९४६ ओलम्पिकमा नाजीहरूमाथिको नरसंहार र अत्याचारलाई वैधानिकता दिएको बताएका छन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot