Logo

क्यानद्वारा जनरल म्यानेजर पदका लागि दरखास्त आह्वान



काठमाडौं, १८ माघ । नेपाल क्रिकेट संघ (क्यान) ले जनरल म्यानेजर पदका लागि दरखास्त आह्वान गरेको छ ।

क्यानले आज (मंगलबार) सामाजिक सञ्जाल मार्फत एक सूचना जारी गर्दै जनरल म्यानेजर पदका लागि दरखास्त आह्वान गरेको हो ।

क्यानले योग्यता पुगेकाले फागुन ३ गतेसम्म दरखास्त दिन सकिने जनाएको छ ।

एक वर्षको लागि नियुक्त भएका जनरल म्यानेजर रौनक मल्लको कार्यकाल डिसेम्बरमा सकिएपछि जनरल म्यानेजरको पद रिक्त रहेको छ ।



प्रतिक्रिया दिनुहोस्