Logo

एमालेले भन्यो-स्थानीय तह निर्वाचनबारे अब आशंका हट्यो



काठमाडौं, १८ माघ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले अब स्थानीय तहको निर्वाचनबारे आशंका हटेको प्रतिक्रिया दिएको छ । सरकार र निर्वाचन आयोगका पदाधिकारीबीच भएको छलफलमा स्थानीय तहको निर्वाचन जेठ ४ गते नै गर्नेबारे समझदारी भएको हो ।

सरकार र आयोगका पदाधिकारीबीच यस्तो सहमति भएपछि एमालेले भने यो सकारात्मक भएको प्रतिक्रिया दिएको हो । रिपोर्टर्स नेपाल डटकमसँगको कुराकानीमा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले यो सकारात्मक भएको प्रतिक्रिया दिए । उनले भने,‘निर्वाचन हुँदैन कि भन्ने आशंका थियो, अब त्यो आशंका पनि हटेको छ ।’ file photo

 



प्रतिक्रिया दिनुहोस्

Screenshot