Logo

नेपालद्वारा मौरिसस १-० ले पराजित (फोटोफिचर)



काठमाडौं, १८ माघ । नेपालले मैत्रीपूर्ण फुटबल खेलमा मौरिससलाई पराजित गरेको छ । नेपालले मौरिससमाथि १-० को जित निकाल्दा सुजल श्रेष्ठको गोल निर्णायक भयो ।

मौरिससले प्राप्त पेनाल्टीलाई गोल गर्न सकेन । नेपालका गोलरक्षक किरण चेम्जोङले उत्कृष्ट बचाऊ गर्दै मौरिससको बराबरी गर्ने प्रयासलाई विफल पारिदिए ।

मैत्रीपूर्ण खेल भएपनि तनावग्रस्त भएको थियो । मौरिससका २ र नेपालका १ खेलाडीले रातो कार्ड पाए । खेलमा पहेंलो कार्डको धेरै वर्षा भयो ।
नेपाली व्यवस्थापक टोलीका महेश्वर उपाध्यायले पनि रातो कार्ड पाएका थिए । खेलाडीहरुबीच झडप समेत भयो ।

यसअघिको मैत्रीपूर्ण खेलमा पनि नेपालले मौरिससमाथि १-० को जित निकालेको थियो ।

आजको खेलमा म्यान अफ द म्याच किरण चेम्जोङ बने । उनले पेनाल्टी रोक्नुका साथै मौरिससका थुप्रै प्रयास विफल पारेका थिए ।

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम 



प्रतिक्रिया दिनुहोस्