Logo

त्रिविका उपकुलपति कहिले पनिका, कहिले पाङ्ग्रेघर



काठमाडौं, माघ १९ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति, रेक्टर र रजिस्टारको कार्यालयमा तालाबन्दी भएपछि उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटा, रेक्टर प्राडा पेशल दाहाल र शिक्षाध्यक्ष प्राडा शिवलाल भुसालले कहिले बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय त कहिले पुल्चोकस्थित इन्जिनियरिङ अध्ययन संस्थानको परीक्षा नियन्त्रण कार्यालय (पाङ्ग्रेघर) मा बसेर काम चलाइरहेका छन् ।

जनकपुरस्थित युथ क्याम्पसमा ब्याचलर अफ कम्प्युटर एप्लिकेसन (बीसीए) कार्यक्रमको सम्बन्धन दिँदा त्रिविका कर्मचारीले घुस मागेको र घुस नदिएपछि त्रिविले सम्बन्धन खारेज गरेको आरोप लगाउँदै नेपाल विद्यार्थी संघ त्रिवि समितिले दुई सातादेखि उपकुलपति, रेक्टर र रजिस्ट्रारको मूल गेटमा तालाबन्दी गरेको छ ।

यसअघि विद्यार्थी संगठनले पनि पुस ६ देखि १९ गतेसम्म तालाबन्दी गरेका थिए । नेविसंघले यही माघ ६ गतेदेखि तालाबन्दी गरेपछि त्रिविको आर्थिक, प्राज्ञिक र प्रशासनिकलगायत सबै काम ठप्प छ । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot