Logo

दक्षिण कोरिया विश्वकपमा छनोट



एजेन्सी, १९ माघ । दक्षिण कोरिया विश्वकप फुटबलमा छनोट भएको छ । गएराति सिरियालाई २-० ले पराजित गर्दै दक्षिण कोरिया कतारमा हुने विश्वकपमा छनोट भएको हो ।

एशियाबाट आयोजक कतार सिधै छनोट भइसकेको छ । इरान पनि छनोट भइसकेको छ ।

एशिया प्यासिफिकको समूह ए बाट इरान र दक्षिण कोरिया सिधै छनोट भएका छन् । उक्त समूहमा सिरियाको प्ले अफ खेल्ने सम्भावना अन्त भइसकेको छ । युएइ, लेबनन र इराक समूह ए बाट तेस्रो भई प्ले अफ खेल्ने टोली हुने प्रयासमा छन् ।



प्रतिक्रिया दिनुहोस्