Logo

आईपीएलमा नेपालबाट सन्दीप मात्रै



काठमाडौं, माघ १९ । इन्डियन प्रिमियर लिग (आईपीएल) को नयाँ सिजनको लागि नेपालबाट सन्दीप लामिछाने मात्रै मेगा अक्सनको लागि छनौट भएका छन् ।

आईपीएल २०२२ मा नेपालबाट मेगा अक्सनका लागि १५ जना खेलाडीले नाम छनौटका लागि पठाएका थिए । आसिफ शेख, आरिफ शेख, कुशल मल्ल, रोहित पौडेल, सुसन भारी, सरद भेषवाकर, सोमपाल कामी, अभिनास बोहरा, करण केसी, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, विनोद भण्डारी, पवन शराफ र सन्दीप जोराको नाम भने छनौटको लागि परेन् ।

सन्दीपले यसपटक आफ्नो न्यूनतम मूल्य ४० लाख भारु (६४ लाख नेपाली रुपैया) तोकेका छन् । २०२१ को आईपीएलमा सन्दीपलाई कुनै पनि टिमले किनेको थिएन । यस पटक अक्सनमा कुनै टोलीले मूल्य लगाएको खण्डमा सन्दीपले कम्तीमा ४० लाख भारु पाउने निश्चित छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot