Logo

यस्तो छ आज र भोलिको मौसमी अवस्था



काठमाडौं, १९ माघ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । बुधबार रातीबाट पश्चिमी वायुको प्रभाव बढ्न सक्ने जल तथा मौसम विभागले जनाएको छ । आज पहाडी भू–भागमा आंशिक बदली हुनेछ भने बाँकी भागमा सामान्यतया सफा रहने छ।

आगामी २ दिनको मौसम पूर्वानुमान
माघ १९ गते (बुधबार) दिउँसो प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागहरुमा मौसम आंशिक बदली रहनेछ भने देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको संभावना रहेको विभागले जनाएको छ।

त्यस्तै, आज राती प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य देखि पूर्ण बदली रहनेछ। मधेश प्रदेशमा मौसम सामान्यतया सफा देखि आंशिक बदली रहनेछ। सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

विभागको अनुसार सुदुरपश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरुमा साथै गण्डकी, बागमती र प्रदेश १का उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ।
माघ २० गते (बिहीबार) दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली तथा बागमती, मधेश प्रदेश र प्रदेश १ मा आंशिक देखि सामान्य बदली रहनेछ।

पहाडी भु–भाग तथा तराईका धेरै स्थानहरुमा मेघ गर्जन/चटयाङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको देखिन्छ । सुदुर–पश्चिम , कर्णाली , लुम्बिनी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरुमा तथा बागमती प्रदेश र प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै, भोलि राती देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका केही भू–भागमा मेघ गर्जन मेघ गर्जन÷चटयाङ सहितको हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानमा हल्का हिमपातको संभावना रहेको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot