Logo

गैरसासंदलाई संसदको कुर्सिमा राखेर संसद चलाउनु सभामुखको दुश्प्रयास होः राजन भट्टराई



नेकपा (एमाले)का विदेश विभाग प्रमुख राजन भट्टराईले गैरसासंदलाई संसदको कुर्सिमा राखेर संसद चलाएर सभामुख अग्नीप्रसाद सापकोटाले दुश्प्रयास गरेको आरोप लगाएका छन् ।
आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’मा पत्रकार ऋषि धमलासँग बोल्दै उनले यस्तो बताएका हुन् ।

कार्यक्रममा बोल्दै उनले भने,‘ सभामुख जुन ढंगले चलिरहेका छन्, उनले कानुनको उलङ्गन गरेका छन् । त्यो पदको दुरुपयोग गरेका छन् । उनले दोहोरो भुमिका निर्वाह गरेका छन् । दोहोरो भुमिका निर्वाह गर्ने उनको काम अन्त्य हुनुपर्यो । गैरसंसादलाई संसदको कुर्सिमा राखेर संसद चलाउने उनको जुन प्रकारको दुश्प्रयास छ, त्यो पहिला अन्त्य हुनुपर्यो भन्ने हाम्रो भनाई हो ।’

साथै, उनले एमसीसीको विषयमा नेकपा (एमाले)ले सत्ता गठबन्धनको साझाँ धारणा पर्खिएर बसेको बताएका छन् ।
प्रस्तुत छ पत्रकार धमला र नेता राजन भट्टराईबीच गरिएको कुराकानिको संपादित अंशः

अब नेकपा (एमाले)ले एमसीसीको विषयमा प्रधानमन्त्री शेरबहादुर देउवालाई समर्थन गर्ने भएको हो ?
हामीले एमसीसीको विषयमा गठबन्धन सरकारको साझाँ धारणालाई पर्खिरहेका छौं । हामी किन पर्खिरहेका छौं भन्ने कुरा पनि म तपाईं मार्फत भन्न चाहन्छु– यो गठबन्धन जुन बाटोबाट बनेको थियो । त्यो कानुन सम्मत थिएन् । सवोच्च अदालतले जबरजस्तरुपमा गलत निष्कर्षमा पुगेर गरेको फैसलाका आधारमा बनेको सरकार हो । यो आउने बाटो त गलत नै थियो । त्यसपछि यो सरकार आइसकेपछि राष्ट्रिय विषयमा जनताको हितमा साझाँ धारण आउछ अथवा आउदैन भनेर हामीले हेरीरहेको अवस्था हो । यो केबल नेकपा (एमाले)का विरुद्ध र केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाउनको लागि बनेको गठबन्धन हो ? अथवा यो सरकारसँग राष्ट्रिय मुद्दा, मुलुकलाई हेर्ने दृष्टीकोण र जनताका सरोकारसँग जोडिएका मुद्दाहरुमा एक ठाउँमा उभिने साझाँ दृष्टीकोण छ ? यो अहिले हामीले हेरिरहेका छौं । हामीले अहिलेसम्म के पाएका छौं भने– मुलुकका जल्दाबल्दा विषयहरुमा यो सरकारको कुनै चासो छैन् । यो केवल सत्ताप्राप्तीको लागि बनाइएको गठबन्धन हो भन्ने हामीलाई लागेको छ ।

तर, एमसीसीको बारेमा नेकपा (एमाले)ले आफ्नो धारणा सार्वजनिक गर्नपर्ने होइन् ?
एमसीसीको बारेमा जुन प्रकारका परस्पर विरोधी धारणाहरु आइरहेका छन् । यस्ता धारणाले के देखाइरहेको छ भने– मुद्दामा एक हुनको लागि यो गठबन्धन बनेको होइन् भन्ने पुष्टी भएको छ ।

प्रधानमन्त्रीले गठबन्धन भत्काएर भएपनि एमसीसी पास गर्छु भन्नुभएको छ, तपाईंले कसरी परस्पर विरोधी भन्नुभयो ?
त्यो त देखि हाल्यो नि । माघ १७ गतेको लागि बोलाइएको संसद एकाएक २६ गतेलाई सारियो । त्यो बिचमा प्रधानमन्त्री ज्यूले के गर्नुभयो ? उहाँले के गरिरहनुभएको छ ?

संसदमा प्रधानमन्त्रीको भन्दा पनि सभामुखको भुमिका महत्वपूर्ण हुन्छ नि होइन् ?
सभामुख कहाँबाट चलिरहेका छन् ? हामीले हिजोका दिनमा यो प्रश्न उठाउँदा काँग्रेसले सुनुवाई गरेको थिएन, अन्य दलहरुले पनि यो विषयमा भुमिका खेलेनन् । प्रधामन्त्री एक ठाउँबाट सभामुख अर्को ठाउँबाट चल्ने अनि गठबन्धनको सरकार भन्ने । कार्यपालीका एक ढंगले जाने, कार्यपालीका भित्रका नेताहरु फरकफरक धारणा व्यक्ति गर्दै हिड्ने । अनि यहिँ हो त साझाँ धारणा भनेको ?

प्रधानमन्त्री ज्यूले नेकपा (एमाले) सँग मिलेर जान चाहन्छु भन्नुभएको छ । उहाँहरुको बिचमा संवाद भइरहेको छ नि होइन् ?
एमालेसँग मिलेर जान चाहनुहुन्छ भने नेपाली काँग्रेस जस्तो पार्टीले संविधानलाई तोडेर जुन ठाउँमा उहाँहरु पुग्नुभएको छ, त्यो अवस्थाबाट आफुलाई सच्याएको देखाउन पर्यो नि । तर, उहाँ त त्यहिँ ठाउँमा हुनुहुन्छ । त्यहिँ गठबन्धनसँग हुनुहुन्छ । आफ्नै पार्टीका नेताहरुलाई बोलाएर फलानोको विरुद्धमा धेरै नबोल है फेरी भड्किला भनेर चेतावनी दिइरहनु भएको छ । अनि यसरी त कसरी मिल्न सकिन्छ ?

प्रधानमन्त्रीले गठबन्धलाई भत्काउनु भयो भने तपाईंहरु एमसीसी पास गर्न सरकारलाई सहयोग गर्न तयारी हुनुभएको हो ?
होइन्, नेकपा (एमाले)को अहिले कुनैपनि धारणा आएको छैन् । हामी पहिले सत्तासिन गठबन्धनको साझाँ धारणालाई पर्खिरहेका छौं । त्यसपछिमात्र हामीले हाम्रो पार्टीको धारणा सार्वजनिक गर्नेछौं । साझाँ होस अथवा छुट्टाछुट्टै सबै सत्तामा रहेका पार्टीको धारणा आयो भने हामीले आवस्यक पर्यो भने आफ्नो धारणा सार्वजनिक गर्नेछौं ।

तर, एमालेकै वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले सत्ता गठबन्धन भत्कीयो भने सरकारबाट बाहिर बसेर हामी सर्त सहित सहयोग गर्न तयार छौं भन्नुभएको छ ?
अब उहाँले के भन्नुभयो ? कुन सन्दर्भमा भन्नुभयो ? त्यो आफ्नो ठाउँमा होला । तर, हाम्रो पार्टीको आधिकारिक धारणा भनेको त्यहिँ नै हो । जुन कुरा मैले अघि भनिसके ।

महाअभियोगको प्रस्ताव ल्याएर सभामुखलाई हटाउन काँग्रेसले साथ दियो भने एमाले तयार हुन्छ ?
महाअभियोग पनि एउटा अन्तिम अस्त्र होला । तर, त्यहाँसम्म पुग्नुपर्ने स्थिति आउछ अथवा आउदैन भन्ने कुरा हो । तर, सभामुख जुन ढंगले चलिरहेका छन्, उनले कानुनको उलङ्गन गरेका छन् । त्यो पदको दुरुपयोग गरेका छन् । उनले दोहोरो भुमिका निर्वाह गरेका छन् । दोहोरो भुमिका निर्वाह गर्ने उनको काम अन्त्य हुनुपर्यो । गैरसंसादलाई संसदको कुर्सिमा राखेर संसद चलाउने उनको जुन प्रकारको दुश्प्रयास छ, त्यो पहिला अन्त्य हुनुपर्यो भन्ने हाम्रो भनाई हो ।

सरकारले जेठमा स्थानिय तहको निर्वाचन गराउने भएको छ, यसलाई नेकपा (एमाले)ले कसरी हेरेको छ ?
चुनाव हुने कुरामा हाम्रो पुरा समर्थन हुन्छ । त्यसमा हाम्रो साथ र सहयोग हुन्छ । हामी जनतामा गएर नयाँ जनमत लिएर आउँ भनिरहेका शक्ति हौं । त्यसैले सरकारले घोषणा गरेको निर्वाचनमा हाम्रो पूर्ण सहभागिता रहनेछ ।

निर्वाचनमा नेकपा (एमाले) एक्लै जान्छ अथवा गठबन्धन बनाए जान्छ ?
त्यो त्यतिबेलाको अवस्था हेरेर हुन्छ । अहिलेको अवस्थामा सबैले हामीलाई हिर्काउन खोजेका छन् । हामीले एक्लै जान्छौं भन्नुपर्ला ।

महाकालि नदिमा पुल निर्माण गर्नको लागि भारतले नेपाललाई सहयोग गर्ने सहमति भएको छ, यसलाई कसरी हेर्नुभएको छ ?
ठिक छ, नेपाल र भारतका बिचमा जनतालाई आवतजावत गर्न सहज होस भन्नको लागि दुई मुलुकको बीचको सहमतिमा बन्ने पुर्वाधारमा हामीले विरोध गर्न जरुरी छैन् । सिमा व्यवस्थित हुनुपर्छ । अन्तरष्ट्रिय मुल्यमान्यता अनुसार रेगुलेट गर्नुपर्छ । कसैलेकसैको भुमि मिचेको छ भने त्यो भुमी फिर्ता गर्नुपर्छ । नेपाल र भारतको बीचमा राम्रो सम्बन्ध कायम गरौं । इतिहासले छोडेका समस्याको समाधान गर्दै जानुपर्छ भन्ने हाम्रो भनाई हो ।

नेपालका लागि भारतिय राजदुतले महाकालि नदिमा पुल बनाउने सम्झौता गरिसकेपछि नेपाल र भारतको सम्बन्ध अब नयाँ युगमा प्रवेश गर्छ भन्नु भएको छ, यसलाई तपाईंको धारणा के छ ?
ठिक छ । उहाँहरुले गरेका सहयोगलाई हामीले सकारात्मकरुपमा लिन्छौं । तर, हाम्रा बीचमा रहेका समस्याको समाधान गर्न पनि उहाँको त्यत्तिकै पहल होस भन्ने हाम्रो भनाई हो ।



प्रतिक्रिया दिनुहोस्