Logo

नक्कली पीसीआर रिपोर्टसहित अस्पतालका चार कर्मचारी पक्राउ



काठमाडौं, १९ माघ । नक्कली पीसीआर रिपोर्ट बनाउने चारजना पक्राउ परेका छन् । नक्कली पीसीआर रिपोर्ट बनाउने दुई अस्पतालका चारजना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको हो ।

भक्तपुरको मध्यपुर ठिमीमा रहेको नागरिक कम्युनिटी हस्पिटल र तीनकुनेमा रहेको कान्तिपुर अस्पतालका कर्मचारी नक्कली पीसीआर रिपोर्टसहित पक्राउ परेको प्रहरीले जनाएको छ ।

यी दुवै अस्पतालले वैदेशिक रोजगारमा जाने व्यक्तिहरुका लागि नेपाल सरकारले तोकेभन्दा बढी रकम लिइ नक्कली पीसीआर रिपोर्ट बनाउने गरेको रहस्य पत्ता लागेको छ ।

नागरिक कम्युनिटी टिचिङबाट जारी भएको ८ थान नक्कली पीसीआर रिपोर्टसहित सो अस्पतालका कर्मचारी रोशन कुमार छिट्टानलाई एयरपोर्टबाट, अर्का कर्मचारी हस्पिटलबाट र यस्तै, कान्तिपुर अस्पतालका कर्मचारीको परिचयपत्र भएका नगेन्द्र कुमार यादवलाई १७ थान नक्कली पीसीआर रिपोर्टसहित प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

सोही अस्पतालका ल्यावका कर्मचारी माधव मैनाली पनि ४ थान नक्कली पीसीआर रिपोर्टसहित पक्राउ परेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot