Logo

प्रचण्डको दौडधुप बढ्यो, प्रधानमन्त्री देउवा भेट्न बालुवाटारमा



काठमाडौं, १९ माघ । सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् ।

एमसीसी, स्थानीय तहको निर्वाचन र राजदूत नियुक्तीलगायतका विषयमा छलफल गर्न प्रचण्ड बालुवाटार पुगेको स्रोतको दाबी छ ।

पछिल्लो समय प्रधानमन्त्री देउवाले एमसीसी पारित गराउन गठबन्धनका नेताहरुलाई दबाब दिएका छन् ।

प्रचण्डले भने यथास्थितिमा एमसीसी पारित गराउन नसकिने भन्दै समय मागिरहेका छन् ।

आज विहानमात्रै गृहमन्त्री बालकृष्ण खाँणले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका थिए ।

अहिले प्रधानमन्त्रीसँगको प्रचण्डको भेटमा पनि गृहमन्त्री खाँण सहभागी रहेको बुझिएको छ ।

एमसीसीको कारण पाँच दलीय गठबन्धन नै टुट्ने चर्चा चलिरहेको बेला भएको प्रधानमन्त्री देउवा र प्रचण्डबीचको भेटवार्तालाई महत्वका साथ हेरिएको छ । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot