अमिताभ बच्चन स्टारर फिल्म ‘झुण्ड’ मार्च ४ मा रिलिज हुने


एजेन्सी, १९ माघ । बलिउड महानायक अमिताभ बच्चन स्टारर स्पोर्ट्स ड्रामा फिल्म ‘झुण्ड’को नयाँ रिलिज मिति सार्वजनिक भएको छ । फिल्मको नयाँ पोस्टर सामाजिक सञ्जालमा सेयर गरेर अमिताभ आफैंले फ्यानलाई यो जानकारी दिएका छन् ।

पोस्टरको क्याप्सनमा उनले लेखेका छन्, ‘यो समूहसँग प्रतिस्पर्धा गर्न तयार हुनुहोस् । हाम्रो टोली आउँदैछ। ’झुण्ड’ ४ मार्च २०२२ मा तपाईं नजिकैका थिएटरहरूमा रिलिज हुँदैछ।“

नागराज पोपटराव मञ्जुलेले निर्देशन गरेको यो फिल्ममा बिग बीले स्लम सकरका संस्थापक विजय बरसेको भूमिका निभाइरहेका छन्। एक प्रोफेसरको भूमिका निभाइरहेका छन् जसले केटाहरूलाई प्रेरणा दिन्छन्। बस्तीमा फुटबल टोली बनाउन र तिनीहरूलाई जीवनको उद्देश्य दिन्छ।