Logo

प्रभास–पूजाको ‘राधे श्याम’को रिलिज मिति सार्वजनिक



एजेन्सी, १९ माघ । साउथका सुपरस्टार प्रभास र पूजा हेगडे स्टारर फिल्म ‘राधे श्याम’ को नयाँ रिलिज मिति घोषणा भएको छ । ट्रेड एनालिस्ट तरण आदर्शले सामाजिक सञ्जालमा यो जानकारी दिएका हुन् ।

निर्माताहरूले अब यो फिल्म ११ मार्च २०२२ मा रिलिज गर्ने निर्णय गरेका छन्। फिल्म हिन्दी, तेलुगु, तमिल, कन्नड र मलायालम गरी ५ भाषामा सिनेमाघरमा रिलिज हुनेछ । फिल्ममा प्रभास–पूजा हेगडेका अलावा सचिन खेडेकर, प्रियदर्शी पुलीकोन्डा, भाग्यश्री, कुणाल रोय कपुर पनि मुख्य भूमिकामा छन् ।

यो चलचित्रलाई राधाकृष्ण कुमारले निर्देशन गरेका हुन् । वामसी कृष्ण रेड्डी, प्रमोद उप्पलापति र भूषण कुमारले फिल्म निर्माण गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot