Logo

अनेरास्ववियुद्धारा बृहत रक्तदान कार्यक्रमको आयोजना



काठमाडौं, १९ माघ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) सिटिभिटि राष्ट्रिय कमिटिले बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ । बुधबार नेकपा (एकिकृत समाजवादी) पार्टीको कार्यालय आलोकनगर काठमाडौंमा रक्तदान कार्यक्रम अनेरास्ववियु गर्न लागेको हो ।

कार्यक्रममा नेकपा (एकिकृत समाजवादी) पार्टी अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल, पोलिटब्युरो सदस्य रामकुमार भट्टराई, अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुली लगायत नेताहरु कार्यक्रममा सहभागी हुने जनाइएको छ ।

 



प्रतिक्रिया दिनुहोस्