Logo

गठबन्धन टुट्दैनः माधव नेपाल



काठमाडौं, १९ माघ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धन नतोडिने दाबी गरेका छन् । उनले गठबन्धन तोड्न षड्यन्त्रहरु भइरहेकोमा सफल हुन नदिने बताए ।

‘गठबन्धन तोड्ने चाहना राखेका होलान्, गठबन्धन तोडनुस् साथ दिन्छौं पनि भनेका होलान्,’ पार्टीनिकट अनेरास्ववियूले बुधबार राजधानीमा आयोजना गरेको रक्तदान कार्यक्रममा नेपालले भने,‘गलत मनशाय सफल हुनेवाला छैन । गठबन्धन टुट्नेवाला छैन ।’

नेपालले गठबन्धन चुनावसम्म जाने बताए । राष्ट्रहित र जनहितका लागि काम गर्दै आएको बताउँदै नेपालले भने,‘जनताको भावनालाई सम्मान गर्दै नेपालको हितलाई केन्द्रबिन्दुमा राख्दै अगाडि बढ्ने सोच बनाएका छौं ।’ एमसीसीबारे जनताको भावना र देशहितलाई केन्द्रमा राखेर निर्णय गर्ने बताएका हुन् ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot