Logo

मन्त्री खड्कालाई कालोझण्डा देखाउने ३ विद्यार्थी नेता नियन्त्रणमा



उदयपुर, २० माघ । परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई कालो झण्डा देखाउने ३ जनालाई प्रहरीले बिहीबार नियन्त्रणमा लिएको छ । बुधबार आफ्नो जिल्ला पुगेका खड्कालाई कालो झण्डा देखाउने एमाले निकट अनेरास्ववियुका तीन विद्यार्थी नेताहरुलाई नियन्त्रणमा लिएको हो ।

विद्यार्थीहरुले स्थानीय तहको निर्वाचन समयमै गरिनुपर्ने, पेट्रोलियम पदार्थको मुल्यविरुद्ध खारेजीलगायतका माग राख्दै  मन्त्री बसेको स्थान सदरमुकाम गाईघाटमा कालोझण्डा प्रदर्शन गरेका थिए ।

पक्राउ पर्नेमा अनेरास्ववियु केन्द्रीय सदस्य मनोज तामाङ्ग, जिल्ला कमिटी अध्यक्ष भुवन दहाल र सचिवालय सदस्य अश्विन कार्की रहेका छन्

अनेरास्ववियुले आफ्नो विद्यार्थी नेताहरुको तत्काल विनासर्त रिहा गर्न माग गरको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot