Logo

एमसीसी सम्झौता गर्ने उनै हुन्, बहुमत उनैसँग छ : गोकुल बाँस्कोटा



काठमाडौँ, २० माघ। नेकपा (एमाले)का नेता गोकुल बाँस्कोटाले अमेरिकी सहयोग एमसीसीको सन्नीपातले सत्तासिनलाई बर्बराउने बनाएको टिप्पणी गरेका छन् । आज (बिहीबार) सामाजिक सञ्जाल ट्विटरमार्फत बाँस्कोटाले एमसीसी सम्झौता गर्ने सत्तासिनसँगै बहुमत रहेको बताएका हुन् ।

सामाजिक सञ्जाल ट्विटरमा उनले लेखेका छन्, ‘एमसीसीको सन्नीपातले सत्तासिनलाई बर्बराउने नै बनाएछ । सम्झौता गर्ने उनै हुन्, बहुमत उनैसँग छ । सेप्टेम्बर ३ को कायनवाचा उनैले गर्‍या हुन् । द्विपक्षीय विषय बहुपक्षीय बनाउने महान् कूटनीतिक सफलता उनकै हो । हिजो सजिलै सत्ताको लागि चिम्टा बनायौ, आज आफैंलाई सनासो भो । कसलाई था छैन र ? देख तेरा तमासा !’



प्रतिक्रिया दिनुहोस्