Logo

खोप कार्ड अनिवार्य गर्ने निर्णय विरुद्धको मुद्धा ‘हेर्न नभ्याइने’मा



काठमाडौँ, २० माघ। कोभिड–१९ विरुद्धको खोप कार्ड अनिवार्य गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ ‘हेर्न नभ्याइने’ भएको छ । आज (बिहीबार)का लागि न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासमा परेको रिट सर्वोच्च अदालतको वेबसाइटमा ‘हेर्न नभ्याइने’को स्थितिमा राखिएको हो । उक्त मुद्धा न्यायाधीश श्रेष्ठ र वमकुमार श्रेष्ठको संयुक्त इजलासमा राखिएको थियो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित सरोकारवाला निकायलाई विपक्षी बनाई मंगलबार अधिवक्ता सल्लु तिवारी र कानुनका विद्यार्थी सविन पोखरेलले निर्णय कार्यान्वयन नगर्न आदेश माग गर्दै रिट निवेदन दायर गरेका थिए ।-File Photo



प्रतिक्रिया दिनुहोस्