Logo

जग्गा नामसारी सिफारिशमा साँढे ३ हजार घूस लिने वडा सचिव पक्राऊ



काठमाडौं, २० माघ । जग्गा नामसारी सिफारिशको लागि घूस लिने सुब्बालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । बारा कोल्हवी नगरपालिका ११ रामपुर्वाका वडासचिव बिनोद प्रसाद साहलाई अख्तियारले साँढे तीन हजार रुपैयाँ घूससहित पक्राउ गरेको हो ।

अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले घूस वापतको रकम लिइसकेको अवस्थामा उनलाई कार्यालयबाटै नियन्त्रणमा लिइएको जानकारी दिए । यसबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्