Logo

गठबन्धन नटुट्नेमा प्रचण्ड किन ढुक्क ?



काठमाडौं, २० माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पाँच दलीय गठबन्धन नटुट्नेमा ढुक्क छन् । एमसीसीका कारण गठबन्धन टुट्ने अवस्था विकास भइरहँदा प्रचण्डले आज कर्णाली प्रदेशको विस्तारित बैठक र प्रशिक्षण कार्यक्रमको भर्चुअल सम्बोधनका क्रममा गठनबन्धन नटुट्ने बताएका हुन् ।

प्रचण्डले संसदीय निर्वाचनसम्म गठबन्धन गरेरै जाने बताए । उनले एमसीसी परिमार्जनसहित पारित गर्ने पक्षमा भएको बताए ।

यथास्थितिमा एमसीसी पारित नहुने तर आफूहरु यसमा रहेका त्रुटी सच्याएर जाने तयारीमा रहेको बताए । प्रचण्डले एमसीसी संशोधनसहित पारित हुनसक्ने समेत बताए ।

बुधबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर प्रचण्डले एमसीसी परिमार्जनसहित पारितको प्रस्ताव गरेका थिए । उनले समस्या रहेको बुँदाबारे समिक्षा गरेर जान भनेका थिए । जवाफमा देउवाले कहाँ कहाँ समस्या छन् लिखित रुपमा ल्याउन भनेका थिए ।

एमसीसी यथास्थितिमा पारित गर्न नहुने पक्षमा गठबन्धनको नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी छन् । राष्ट्रिय जनमोर्चा भने एमसीसीको विपक्षमा छ ।

गठबन्धनभित्रको नेपाली काँग्रेस एमसीसी पारित गर्ने पक्षमा छ । जसपा पनि सकारात्मक छ । तर, अध्यक्ष उपेन्द्र यादव यसबारे स्पष्ट भएका छैनन् । डा. बाबुराम भट्टराई भने एमसीसी पारित गर्ने पक्षमा खुलेरै बोलिरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot