Logo

त्रिचन्द्र क्याम्पसमा अनेरास्ववियुको प्रदर्शन, प्रधानमन्त्रीको पुत्ला दहन (फोटोफिचर)



काठमाडौं, २० माघ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) निकट अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्यवृद्धको विरोधमा प्रदर्शन गरेको छ ।

आज (बिहीबार) काठमाडौँको त्रिचन्द्र क्याम्पस अगाडि पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिनुपर्ने र स्थानीय तहको निर्वाचनको मिति छिटो घोषणा गर्नुपर्नेमाग गर्दै अनेरास्ववियुले प्रदर्शन गरेको हो ।

प्रदर्शनका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहनसमेत गरिएको थियो । तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्

Screenshot