Logo

अन्तरीक्षबाट झरेको कालो हीरा ६० लाख डलरमा विक्रीमा राखियो



एजेन्सी, २० माघ । यो कालो हीरा हो । पृथ्वीबाहिरबाट झरेको हीरा अरबौं वर्ष पुरानो हो ।

हीरा उल्कापिण्डको कारण बनेको अनुमान लगाइएको छ । ५५५ क्यारटको यो हीरा साँढे २ अर्ब देखि ३ अर्ब २० करोड वर्ष पुरानो हुने अनुमान छ । यसकारण यसको मूल्य बढी पर्छ ।

यो हीरा ६० लाख डलरमा लिलामीमा राखिएको छ । पृथ्वीको उत्पत्तिभन्दा डेढ अर्ब वर्ष पछि कालो हीरो बनेको अनुमान गरिन्छ । पृथ्वी ४ अर्ब ६५ करोड वर्ष पुरानो हो । कालो हीरा उल्कापिण्डमा मात्र भेटिन्छ । यसकारण यो अन्तरीक्षमा उत्पत्ति भएको बताइन्छ ।-Photo Source: AP



प्रतिक्रिया दिनुहोस्