Logo

यसरी हुँदैछ ३२ मिटर साँघुरो गहिरो इनारमा खसेका पाँच वर्षीय बालकको उद्दार



एजेन्सी, माघ २१ । मोरक्कोमा ३२ मिटर साँघुरो गहिरो इनारमा खसेका पाँच वर्षीय बालकको उद्दारको प्रयास जारी छ । मोरक्कोको उत्तरी पर्यटकीय गाउँ चिफचाउएनका रायन नाम गरेका ती बालक मंगलबार साँझ इनारमा खसेका थिए ।

इनार साँघुरो भएकाले उद्दारमा कठिनाई भईरहेको छ । उद्दारकर्ताहरुले बालक रहेको ठाउँसम्म पानी, अक्सिजन र सञ्चारको व्यवस्था गरिसकेका छन् । बालक खसेको इनार नजिकै त्यस्तै अर्को प्वाल बनाएर ती बालकसम्म पुग्ने प्रयासमा उद्दारकर्ताहरु जुटिरिरहेका छन् ।

उद्दार कार्यका लागि ५ वटा बुलडोजरको प्रयोग गरिएको छ । हाल सम्म १९ मिटर गहिरो नयाँ इनार खनिसकिएको छ । बालकको उद्दार लगत्तै उपचारका लागि अस्पताल लैजान घटनास्थलमा हेलिकप्टर सहितको मेडिकल टोली तयारी अवस्थामा छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot