Logo

भारी हिमपातले भीमदत्त राजमार्ग अवरुद्ध, दजनौँ सवारीसाधन रोकिए



डोटी, माघ २१ । बिहीबार रातिदेखि परेको बाक्लो हिमपातका कारण सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाको जनविजन प्रभावित भएको छ । विहिबार बेलुकादेखि भईरहेको भारी हिमपातले पाहाडका सात जिल्ला जोड्ने भीमदत्त राजमार्ग अवरुद्ध भएको छ।

बाक्लो हिमपातका कारण सयौ सवारी राजमार्गमै रोकिएका छन् । इलाका प्रहरी कार्यालय बुडरका अनुसार राजमार्गमा परेको हिउँ हटाउने प्रयास भइरहेको छ।

अहिले दजनौँ सवारीसाधन तथा यात्रु गैरा तथा बुडर, खानीडाँडा, स्याउखर्क, भात्काँडा लगायतका बजारमा रोकिएका छन् ।  राजमार्गअन्तर्गतको साहुखर्क, गैरा, हगुल्टेमा भारी हिमपात भएको छ।



प्रतिक्रिया दिनुहोस्