Logo

उपत्यकाको शिवपुरी, चन्द्रागिरी र फुल्चोकीमा हिमपात



काठमाडौं, माघ २१ । पश्चिमी न्युन चापीय प्रणालीको प्रभावसँगै शिवपुरी, फुल्चोकी र चन्द्रागिरीलगायत काठमाडौँ उपत्यका वरिपरिका डाँडामा हिमपात भएको छ ।

देशभर हिजो विहिबारबाट धुम्मिएको मौसमका कारण आज शुक्रबार झनै चिसो बढेको छ । देशका विभिन्न ठाउँमा मौसम बदली भएको छ । केहि ठाउँमा भारी हिमपात भएको छ । यसैक्रममा काठमाडौं चन्द्रागिरी र फुल्चोकीमा हिँउ परेपछि चन्द्रागिरी घुम्न जानेहरु बढेका छन् ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । देशका धेरै स्थानहरुमा मेघ गर्जन, चटयाङ र असिनासहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।



प्रतिक्रिया दिनुहोस्