Logo

धादिङमा टिपर पल्टिँदा चालकको मृत्यु, एक घाइते



धादिङ, २१ माघ । पृथ्वीराजमार्ग स्थित् धादिङमा गएराति टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। धुनीबेंसी नगरपालिका–९ बीस किलो भन्ने ठाउँमा दुर्घटनामा सहचालक गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा टिपर चालक ३२ वर्षी राज कुमार श्रेष्ठको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङको अनुसार दुर्घटनामा काठमाडौंका २० वर्षीय सविन कुँवर गम्भीर घाइते भएका छन्। उनलाई उपचारको लागि राति नै राष्ट्रिय ट्रमा सेन्टर काठमाडौं पठाइएको हो ।



प्रतिक्रिया दिनुहोस्