Logo

महिला भलिबल टोलीलाई सरकारद्वारा नगद सहित सम्मान (फोटोफिचर)



काठमाडौं, २१ माघ । बंगलादेशमा आयोजना भएको एसियन सिनियर सेन्ट्रल जोन भलिबल च्यालेन्ज कपको उपाधि विजेता नेपाली महिला भलिबल टोलीलाई सरकारले नगदसहित सम्मान गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार बालुवाटारमा सेन्ट्रल जोन विजेता महिला भलिबल टोलीलाई नगदसहित सम्मान गरेका हुन् ।

सरकारले उपाधि विजेता टोलीका १२ जना खेलाडीलाई जनही ५÷५ लाख प्रदान गरेको जनाकारी दिइएको छ ।

साथै, २ जना प्रशिक्षकलाई जनही ३ लाख र १ जना अफिसियललाई २ लाख नगदले पुरस्कृत गरिएको छ ।

गत पुसमा नेपाली महिला टिमले एसियन सिनियर सेन्ट्रल जोन भलिबल च्यालेन्ज कपमा च्याम्पियन बनेको थियो । तस्विरः मुकुन्द कालीकोटे



प्रतिक्रिया दिनुहोस्