Logo

सुर्योदय लघुवित्तको खुद नाफा ४४४.९३ प्रतिशतले बढ्यो



काठमाडौं, २१ माघ । सुर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडको चालु आर्थिक वर्ष २०७८÷७९ को दोश्रो त्रैमाससम्ममा खुद नाफामा उछाल आएको छ ।
संस्थाले सार्बजनिक गरेको वित्तिय विवरण अनुसार खुद नाफा ४४४.९३ प्रतिशतले बढ्दै ६ करोड ४४ लाख ५० हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको हो । गत वर्षको यसै अवधिमा संस्थाले एक करोड १८ लाख २७ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिसम्म संस्थाको खुद व्याज आम्दानी पनि १७९.७१ प्रतिशतले बढेर १६ करोड १९ लाख २९ हजार रूपैयाँ पुगेको छ । गत वर्षको यसै अवधिमा संस्थाको खुद व्याज आम्दानी ५ करोड ७८ लाख ९२ हजार रूपैयाँ रहेको थियो ।

साथै, संस्थाको सञ्चालन मुनाफा पनि ७६६.२० प्रतिशतले बढेर ४ करोड १० लाख ३२ हजार रूपैयाँ पुगेको छ । संस्थाको ईपीएस ४३ रुपैयाँ ३१ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १६५ रुपैयाँ ७९ पैसा छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot