Logo

शीतकालिन ओलम्पिक्स चीनको लागि महान जीत रहेको उत्तर कोरियाली नेता किमको दाबी



एजेन्सी, २१ माघ। उत्तर कोरियाली नेता किम जोङ उनले शीतकालिन ओलम्पिक्स चीनको लागि महान जीत हुने दाबी गरेका छन्। शीतकालिन बेइजिङ ओलम्पिक खेलकुदको अवसरमा चिनिया राष्ट्रपति सि जिङपिङलाई बधाई तथा शुभकानमा सन्देश दिँदै किमले यस्तो बताएका हुन्। उत्तर कोरियाली नेता किमले आफूले दुई देशबीचको सम्बन्ध सुदृढ गर्न चाहेको समेत बताएको उत्तर कोरियाको सरकारी सञ्चारमाध्यम केसीएनएले जनाएको छ।

‘विश्व महामारीले नित्म्याएको स्वास्थ्य संकट र अन्य गम्भीर परिस्थितिका बाबजुद पनि समाजवादी चीनले ओलपिम्क्सको सफल उद्घाटन गरेको छ। यो नै चीनको महान जीत हो’ शुभकामना सन्देश पत्रमार्फत किमले शुक्रबार भनेको विषयलाई उदृत गर्दै संचार माध्यमहरुले लेखेका छन्, ‘योसँगै म दुई देशका सत्तारुढ पार्टी र दुई देशबीचको सम्बन्ध सुधार्न चाहन्छु।’-Photo: Agency



प्रतिक्रिया दिनुहोस्