Logo

कतै वर्षा कतै हिमपात



काठमाडौं, २१ माघ । देशभर आज वर्षा र हिमपात भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार तराई र पहाडी जिल्लामा वर्षा भएको छ । हिमाली र उच्च पहाडी भेगमा हिमपात भएको छ ।

आज काठमाडौं उपत्यकाको आसपासका डाँडाहरुमा पनि हिमपात भएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले गर्दा २४ घन्टामा देशभर वर्षा भएको हो ।

उपत्यका र आसपासका जिल्लाहरुमा बढी वर्षा भएको छ । पश्चिमी भागमा पनि बढी वर्षा भएको छ ।

दिपायलमा विहानसम्म ५२ मिलिमिटर वर्षा भयो । काठमाडौंमा २२ मिलिमिटर वर्षा रेकर्ड भयो । नेपालगञ्जमा ३२, धनगढीमा २७ मिलिमिटर वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

चितवन, मकवानपुर, धादिङमा पनि ५० मिलिमिटर वर्षा भइसकेको उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot