Logo

प्रधानमन्त्री देउवाको प्रेस सल्लाहकारमा गोविन्द परियार नियुक्त



काठमाडौँ, २१ माघ। प्रधानमन्त्री शेरबहादुर देउवाको प्रेस सल्लाहकारमा गोविन्द परियार नियुक्त भएका छन् । पाँचौ पटक प्रधानमन्त्री भएपछि अनौपचारिकरुपमा देउवाको सचिवालयमा बसेर काम गरिरहेका परियार प्रेस सल्लाहकार नियुक्त भएका हुन् ।

गत २९ असारमा प्रधानमन्त्री नियुक्त भएका देउवाले अहिलेसम्म पनि आफ्नो सचिवालयलाई पूर्णता दिइसकेका छैनन् । देउवाले प्रमुख स्वकीय सचिव भानु देउवालाई नियुक्त गरेका छन् भने अन्य विभिन्न पदमा विज्ञहरु नियुक्त भएका छन् ।-Photo Source: Facebook Page of Govinda Pariyar



प्रतिक्रिया दिनुहोस्