Logo

नेपालमा थप २ हजार ५ सय २६ जनामा कोरोना संक्रमण



काठमाडौँ, २१ माघ। आज नेपालमा कोरोना भाइरसका २ हजार ५ सय २६ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ९ लाख ६४ हजार १ सय १९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, आज ८ हजार ४ सय २५ जना संक्रमणमुक्त भएका छन् । हालसम्म आठ लाख ९५ हजार ८ सय ६८ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा ११ हजार ७३ जनामा परिक्षण गर्दा उक्त संक्रमण पुष्टि भएको हो ।-File Photo



प्रतिक्रिया दिनुहोस्