Logo

योगी आदित्यनाथ गोरखपुरबाट उम्मेदवार



एजेन्सी, २१ माघ । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ गोरखपुर विधानसभा क्षेत्रबाट उम्मेदवार बनेका छन् । उनले आज गोरखपुरमा उम्मेदवारी दर्ता गरेका हुन् ।

भारतका केन्द्रीय गृहमन्त्री अमित साह पनि योगीको उम्मेदवारी दर्तामा सहभागी थिए । योगी विगतमा गोरखपुर मठका मठाधीश थिए ।

उम्मेदवारी दर्ता गर्नुपूर्व उनले गोरखपुर मन्दिर र गुरु गोरक्षनाथको दर्शन गरेका थिए ।

गोरखपुर नेपालको सीमाबाट नजिक छ । गोरखपुरको नेपालसँग पनि गहिरो साइनो छ ।



प्रतिक्रिया दिनुहोस्