Logo

वर्षासँगै ठाउँठाउँमा हिमपात ! कहिले आउन्छ मौसममा सुधार?



काठमाडौं, माघ २२। पश्चिमी न्युन चापीय प्रणालीको प्रभावका कारण देशका विभिन्न भेगमा बर्षा र हिमपात आजपनि जारी रहने भएको छ ।

आज दिउँसो प्रदेश १, मधेस प्रदेश, बागमती, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । अरु प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा पनि हल्का वर्षा हुनेछ ।

पूर्वी तथा मध्य भू-भागका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हिमपातको सम्भावना रहेको महाशाखाको प्रक्षेपण छ ।राती देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । आइतबार देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ आँकलन गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्