Logo

बेहुली लिएर फर्कँदै गरेको जीप दुर्घटना, आठ जनाको मृत्यु



प्युठान, प्युठानमा बेहुली लिएर फर्कँदै गरेको जन्ती जीप दुर्घटनामा आठ जनाको मृत्यु भएको छ । जिल्लाको नौबहिनी गाउँपालिकाको लुङबाट बेहुली लिएर गौमुखी गाउँपालिकाको लिवाङ फर्कँदै गरेको ग १ ज ५०९२ नम्बरको जीप आज बिहान दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा ६ जनाको घटनास्थलमै र दुई जनाको विजुवार जिल्ला अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो ।

मृतकमध्ये पाँच जनाको सनाखत भएको छ । ४० वर्षीया बसन्ती खड्का, ३० वर्षीया केशरी खड्का, अन्दाजी ५० वर्षीय बलबहादुर बुढामगर, ३२ वर्षिय खिमबहादुर खत्री, ५० वर्षीय नन्दि खड्काको ज्यान गएको हो । अन्यको पहिचान खुल्न बाँकी छ । दुर्घटनामा घाइते भएका पाँच जनाको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot