Logo

असन्तुष्ट हुँदै कांग्रेसमा प्रवेश गरेका हुमागाईं पुनः एमालेमा फर्किए



काठमाडौं, माघ २२ । ललितपुरका नेता रामकृष्ण हुमागाईं फेरि एमालेमा फर्किएका छन् । शुक्रबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा भेटघाटपछि उनी एमालेमा फर्किएका हुन् ।

गत निर्वाचनमा प्रदेश सासंदको टिकट नपाउदा असन्तुष्ट बनेका उनी माओवादी केन्द्रसँग पार्टी एकता हुँदासमेत कुनै जिम्मेवारी नपाएपछि असन्तुष्ट हुँदै नेपाली कांग्रेसमा प्रवेश गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्