Logo

जाल्पा लघुवित्तको आइपीओ भर्नुभयो ?



काठमाडौं, २२ माघ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाको आइपीओ माघ २१ गते (शुक्रबार)बाट खुला गरिएको छ ।

जाल्पा सामुदायिक लघुवित्तले ५ करोड २२ लाख रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो । प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा जाल्पाले ५ लाख २२ हजार कित्ता आइपीओ जारी गरेको छ । यसमध्ये ८ हजार कित्ता कर्मचारीहरुका लागि र २६ हजार १ सय कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । सर्वसाधारणले बाँकी ४ लाख ८७ हजार ९०० कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

आवेदन भर्ने अन्तिम समयमा माघ २५ गतेसम्मका लागि तोकिएको छ । उक्त समयसम्म आइपीओ बिक्री नभएमा फागुन ६ गतेसम्म आवेदन दिन सकिने बताइएको छ । यसमा न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार २२० कित्ता सम्मका लागि आवेदन दिन पाइनेछ ।

कम्पनीले बिक्री प्रबन्धकको जिम्मा प्रभु क्यापिटललाई दिएको छ । लगानीकर्ताले बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot