Logo

एमसीसी सम्झौतामा के कुरा राष्ट्रघाती छ ? : गुरु भट्टराई (भिडिओसहित)



काठमाडौं, २२ माघ । ईन्जिनियर गुरु भट्टराईले नेपालमा उत्पादन हुने सबै उर्जा यहाँ खपत गर्न नसकिने अवस्थामा ट्रान्समिशन लाईन आवश्यक रहेको सुनाएका छन् । उनले एमसीसी परियोजना राष्ट्रघाती भन्नु गलत भएको टिप्पणी गरेका छन् । उनले एमसीसी नेपालको निम्ति बनाएकार विशेष कुरा नभएको जिकिर गरेका छन् ।

अमेरिकाले बनाएको क्राईटेरिया पूरा गरेको कारण नेपाल एमसीसी लिन योग्य भएको उनको भनाई छ । हिजो राति प्राईम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले एमसीसीले सन् २००४ देखि अहिलेसम्म ५० वटा देशमा अनुदानमा दिईसकेको सुनाए । उनले एमसीसी १४ बिलियन डलर विभिन्न मुलुकमा अनुदान गैसकेको जनाए । उनले ५० भन्दा बढि परियोजना सम्पन्न भैसकेको पनि जनाए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot